दफा ४६
हुलाक वस्तुहरु चोरी गर्ने, हिनामिना गर्ने, दबाउने, नष्ट गर्ने वा फयाँक्ने इत्यादि काम गरेमा सजाय
: (१) हुलाक अड्डाको कर्मचारी वा डाँक परिवहनको काममा लागेका व्यक्ति वा संस्था वा अरु कसैले हुलाकबाट चलान गर्दाको अवस्थामा डांक, थैला वा हुलाक वस्तु वा त्यसमा रहेका चिज, बस्तु चोरी गरेमा, झिकेमा, फयाँकेमा, हिनामिना गरेमा वा नष्ट गरेमा वा जुनसुकै उद्देश्यले दबाएमा वा क्षति पुर्याएमा निजबाट बिगो समेत असूल गरी निजलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
(२) हुलाकबाट चलान गर्न हुलाक अड्डामा पोष्टिङ गर्न ल्याउने हुलाक वस्तुहरु बुझिलिने काममा लगाइएको कर्मचारीले कसैसँग हुलाक वस्तुमा टिकट टाँसी दिउँला भनी टँसाई लिनु दिनु पर्ने अड्डा भित्रै वा अन्यत्र ठाउँमा पैसा लिई टिकट टाँसी नदिई हिनामिना गरेमा, त्यसरी लिए खाएको बिगो भराई निजलाई बढीमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।